ग्लोबल टिभि
0
बागलुङको बडिगाड गाउँपालिकामा आज बिहान पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिकअप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको हो।
दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी चौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए। प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान राख्ने क्रममा गुडेर जीप दुर्घटना भएको हो।
उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ। चालक रविलाल बुढाले सामान राख्ने क्रममा जीप अचानक गुडेको थियो। चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ।
Post Views: 1,056
Leave a Reply