कोरानाले थुनुवाको मृत्यु भएपछि चितवन कारागारमा उच्च सतर्कता

 ग्लोबल टिभि           0

चितवन कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको छ ।कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएको हो । संक्रमितको मृत्यु भएपछि कारागारमा उच्च सतर्कता अपनाइएको हो ।

कारागार कार्यालयभित्र रहेको क्वारिन्टीनमा अहिले २२ जना बन्दी रहेका छन् । कार्यालय प्रमुख काफ्लेका अनुसार सबैलाई नियमित स्वास्थ्य परीक्षणदेखि खानपानमा समेत ध्यान दिन लागिएको छ ।

थुनुवालाई पहिले टेलिफोन सेवा उपलब्ध गराइएको भए पनि अहिले त्यो सुविधासमेत कटौती गरिएको प्रमुख काफ्लले बताए । कारागारमा कैदीबन्दीको सङ्ख्या बढी भएकाले पनि सावधानी अपनाउनु परेको उनले बताए । चितवन कारागारमा हाल ६७४ कैदीबन्दी छन् ।

कारागारमा रहेका कैदीबन्दीमा विभिन्न प्रकारको रोग रहेकाले एकजनामा कोरोना सङ्क्रमण देखिए फैलन सक्ने भएकाले क्वारेन्टिनमा रहेकालाई छुट्टै भान्छाको व्यवस्था गरिएको पनि कार्यालय प्रमुख काफ्लेले बताए ।५१ महिला र २५५ पुरुषको क्षमता भएकोमा ६२३ बन्दी रहेका छन् । बन्दीहरुसंग तीन जना बालबालिका पनि रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *