नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

 ग्लोवल टि.भी.      बिहिबार, असार १७, २०७८      0

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार निरन्तर पहिरो झरिरहेकाले पन्छाउन कठिन भएको छ । पानी निरन्तर परिरहेकोले पहिरो पनि समस्या भएको प्रवक्ता थापाले बताए ।

प्रवक्ता थापाका अनुसार पहिरो बिहान २ः१० बजे खसेको हो । पहिरो गएको क्षेत्रमा अहिले पनि निरन्तर पानी परिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *