पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशी नदीको जलस्तर बढेको छ ।शुक्रबार कोशी नदीको बहाव उच्च भएको छ । निरन्तर वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।
सामान्यतया नदीको बहाबमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीमा शुक्रबार साँझको मापन अनुसार कोशी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानी बगिरहेको छ । यसरी पानीको बहाव बढेपछि तटिय क्षेत्रका स्थानीयलाई सतर्कत रहन आग्रह गरेको छ।
कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार शुक्रबार साँझ १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड बहाव मापन भएको छ। नदीमा पानीको बहाव उच्च भएपछि व्यारेजका २४ वटा ढोका खोलिएका छन् ।
सुनसरी जिल्ला प्रशासन कार्यालयले सप्तकोशी नदीको जलस्तरमा घटबढ भएपनि तटिय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको बताएको छ ।
स्थानीय प्रशासनले सबै तटबन्ध र स्परको अवस्थाको अनुगमन पनि गरेको छ। वर्षा जारी रहेकोले नदीको बहाव जुनकुनै बेला बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रका स्थानीयलाई सर्तक रहन सूचना गरिएको छ।
Leave a Reply