ग्लोबल टिभि
शनिबार, असार १९, २०७८
0
पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशी नदीको जलस्तर बढेको छ । तीन दिनदेखिको निरन्तर वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।
सामान्यतया नदीको बहाबमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीमा शनिवार विहानको मापन अनुसार कोशी नदीको वहाव १ लाख ८० हजार ७७० क्यूसेक पुगेको जिल्ला प्रशासन कार्यलय सुनसरीले जनाएको छ ।
पानीको बहाव बढेपछि तटिय क्षेत्रका स्थानीयलाई सतर्कत रहन प्रशासनले आग्रह गरेको छ। नदीमा पानीको बहाव उच्च भएपछि व्यारेजका २८ वटा ढोका खोलिएका छन् ।
Post Views: 1,129
Leave a Reply