नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो

 ग्लोबल टिभि           0

हिजोदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । लगातारको वर्षाका कारण आएको पहिरोले सडक अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले पहिरो पन्छाउन पनि सकिएको छैन ।

बिहीबार देखि नै अवरुद्ध सडकमा हिजो पहिरो पन्छनएर एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर पुनः पहिरो गएपछि यातायात अवरुद्ध भएको छ ।

पहिरोका कारण हजारौं सवारी साधनहरु जाममा परेका छन् । अहिलेपनि सडकमा पहिरो जाने क्रम जारी रहेको छ । वर्षा रोकिएसँगै पहिरो पुन पन्छाउने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *