ग्लोबल टिभि
0
लगातारको अविरल वर्षापछि दरौंदी नदीमा आएको बाढीले गोरखाको बारपाक जोड्ने पक्की पुलको एकापट्टी भाग बगाएको छ। गए राती आएको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने बालुवास्थित पुलको एक भाग बगाएको हो।
बाढीले पुलको एक भाग बगाउनु साथै ठाउँठाउँमा पहिरो गएकाले गोरखा-बारपाक सडक अवरुद्ध भएको छ। तीनदिनदेखि लगातार लगातारको वर्षाका कारण नदीमा आएको बाढीले वरपरको खेत लगाइएको धानबालीमा समेत क्षति पुर्याएको छ ।
स्थानीयका अनुसार दरौदी नदीमा अहिलेसम्मकै सवै भन्दा ठूलो बाढी आएको हो ।
Post Views: 1,306
Leave a Reply