ग्लोबल टिभि
0
खोलाले बगाएर गोरखाको आरुघाट गाऊँपालिका वडा नम्वर १ स्यामचेत बस्ने २६ वर्षका किरण लामाको मृत्यु भएको छ । आज बिहान साढे ९ वजेतिर आरुघाट गाऊँपालिका ३ सोतीस्थित फुङ्गी खोला तर्ने क्रममा उनलाई बगाएको थियो ।
बगेको ठाऊँबाट २० मिटर तल अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि आरुघाट वजारको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको थियो ।
उनलाई चिकित्सकले ११ वजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
Post Views: 1,028
Leave a Reply