ग्लोबल टिभि
0
आरुघाट गाउँपालिका–३ सोतीस्थित फङ्गी खोलाले बगाएर गोरखामा एक जनाको ज्यान गएको छ । खोला तर्ने क्रममा सोही गाउँपालिका – १ श्यामचेतका २६ वर्षीय किरण लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।
‘ठाडो खोला तर्ने क्रममा खोला बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताएका छन् । किरण लामालाई स्थानीयले उद्धार गरेर उपचारको लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा पुराएका थिए । उपचारको क्रममा चिकित्सकले उनलाई बिहान ११ बजे मृत घोषणा गरेको बताइएको छ।
Post Views: 1,079
Leave a Reply