काठमाडौँ : विराटनगर लागतारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ ।
लगातारको वर्षासँगै प्रदेश नम्बर–१ का झापा, मोरङ, सुनसरी र उदयपुरका खोलाहरु उर्लिएका छन् । कतिपय स्थान डुबानमा परेका छन् ।बिहान यो वर्षकै उच्च बहाव मापन गरिएपछि सप्तकोसी ब्यारेजमा खतराको रातो बत्ती बालिएको छ ।
शनिबार नदीमा पानीको बहाव दुई लाख ३१ हजार ६५५ क्युसेक प्रतिसेकेन्ड पुगेपछि ब्यारेजका ३० वटा ढोका खोलिएको छ ।
डुबानबाट सबैभन्दा धेरै इटहरी प्रभावित भएको छ । इटहरीको आइतबारेसहितका क्षेत्रका घर डुबानमा परेका छन् ।
निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न भएका छन् । बूढी र टेंग्राखोलाको पानी बस्तीतिर पसेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसार २०० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
इटहरी–विराटनगर सडक जलमग्न भएपछि खनासम्म डाइर्भसन बनाएर सवारीसाधन सञ्चालनको प्रबन्ध गरिएको छ ।
झापाको दमकमा वर्षाको पानी सडकमाथिबाट बगेको छ । उदयपुरमा पनि त्रियुगासहितका खोलामा पानीको बहाव बढेको छ ।
Leave a Reply