निर्माणाधीन त्रियुगाको पक्की पुल बाढीले बगायो

 ग्लोबल टिभि           0

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुल भाँचिएको छ । निर्माणको अन्तिम चरणमा रहेको पुल दुई दिनदेखिको अविरल वर्षापछि शनिबार दिउँसो भाँचिएको हो ।

सिवाई पट्टीको पहिलो पिल्लर बांगिएको र पुलको दोस्रो स्लाब भाँचिएको चैदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए।१२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको एउटा पिलर भासिएर दुई वटा स्लाब बगाएको छ ।

बाढीले स्लाब बगाउँदा चौदण्डीगढी नगरपालिका– ५ सिवाईका अख्तर मियाँ खोलामा खसेर घाइते भएको मेयर राईले जानकारी दिए । स्थानीयले उनको उद्दार गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *