ग्लोबल टिभि
0
निरन्तर वर्षाका कारण सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेपछि मोरङको विराटनगर महानगरपालिका–१ का करिब १५० घर परिवार विस्थापित भएका छन्।
शुक्रबार राति परेको पानीसँगै सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेर डुबान भएपछि स्थानीयहरु विस्थापित भएका हुन्। बाढी घरभित्र पस्न थालेपछि आफू र बालबच्चाको ज्यान जोगाउन खाली चौरमा त्रिपाल टाँगेर बस्न बाध्य भएको मधु सहनीले बताइन्। बर्सेनि बाढीको समस्या बेहोर्न बाध्य रहेको उनले गुनासो गरिन्।
‘बालबच्चा र आफ्नो ज्यान मात्रै लिएर चौरमा आयौं,’ मधुले भनिन्, ‘खाने कुरा घरसँगै डुब्यो।’
बर्सेनि व्यहोर्नुपर्ने बाढीको समस्यामा सम्बन्धित निकायको ध्यान नगएको स्थानीयहरुको गुनासो छ। बाढीका कारण अधिकांश खोला किनारका बस्ती जोखिममा परेसँगै स्थानीयहरु सुरक्षित स्थानमा सरेका छन्।
Post Views: 1,009
Leave a Reply