अवरुद्ध बिपी राजमार्ग एकतर्फी रुपमा सञ्चालन

 ग्लोबल टिभि           0

अविरल वर्षासँगै काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

बाढीले बगाएर ल्याएर लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। प्रहरी, रोशी गाउँपालिका, सडक आयोजनाको पहलमा लेदो हटाई सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको हो।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार सडक अवरुद्ध भएपछि सवारी साधनको जाम र अलपत्र परेका यात्रुलाई गन्तव्यतर्फ पुर्याउन प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा एकतर्फी सञ्चालनमा ल्याइएको हो।

सडक अवरुद्ध भएपछि शुक्रबार राति १२ बजेदेखि ठप्प भएको सवारी साधन चल्न थालेको प्रहरी निरीक्षक खड्काले बताए। सडक अवरुद्ध भएपछि रामेछाप, सिन्धुलीलगायत पूर्वी तराईबाट काठमाडौँ आउने सवारी साधन खुर्कोटमा र काठमाडौँबाट जाने सवारी साधनलाई काभ्रेभञ्ज्याङमा नै रोकिएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *