सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएको छ । काठमाडौंमा उपचारका क्रममा शनिबार राति उनको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन्।
गाउँपालिका अध्यक्ष बर्मा लामो समयदेखि मधुमेह तथा रक्तचापको समस्याबाट ग्रसित थिए। अध्यक्ष बर्माको स्वास्थ्य अवस्था १०–१५ दिन पहिला राम्रो थियो, बीचमा एक्कासी स्वास्थ्यमा समस्या आएको भुपु निमित प्रसासकीय अधिकृत रामपुकार महतोले बताए। ६७ वर्षीय अध्यक्ष बर्माको स्वास्थ्यमा अत्यधिक समस्या देखिएपछि यही असार १४ गते मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो।
ब्लड प्रेसर बढेपछि नाक र मुखबाट रगत आएको थियो। अध्यक्ष बर्मा सिकिस्त भएपछि आइसियुमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि गए राति उपचारका क्रममा १२ बजेर ५ मिनेटमा मृत्यु भएको रामनगर गाउँपालिकाका निमित प्रशासकीय अधिकृत कृष्ण कुमार यादवले जानकारी बताए।
गाउँपालिका अध्यक्ष बर्माको निधन भएपछि अहिले गाउँपालिका नै शोकमा डुबेको छ।
Leave a Reply