२ सय ४ किलो गाँजासहित एक जना पक्राउ

 ग्लोवल टि.भी.      आइतवार, असार २०, २०७८      0

२ सय ४ किलो गाँजासहित प्रहरीले जनकपुरधाम उपमहानगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्था बस्ने ३५ वर्षीय सन्तोष महासेठ छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार महासेठले घरमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको हो ।

पक्राउ परेका महासेठ यसअघि पनि पटक पटक लागुऔष मुद्दामा जेल परेका व्यक्ति हुन् । महासेठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *