सानेपामा हम्मर प्रहारबाट भारतीय नागरिकको हत्या

 ग्लोवल टि.भी.      आइतवार, असार २०, २०७८      0

ललितपुरको सानेपामा एक जना भारतीय नगारिकको हत्या भएको छ । हम्मर प्रहार गरेर भारत, राजस्थानका ५९ वर्षीय सत्यनारायण पारिकको हत्या भएको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने देखिएको बताइन् । प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार चोरी गर्ने उद्देश्यले आएको व्यक्ति घटनामा संलग्न हुनसक्ने आशंका गरिएको छ ।

अन्तिम पटक पारिकले शुक्रबार साँझ एक जनासँग कुरा गरेका छन् । त्यसपछि कसैसँग सम्पर्क भएको नदेखिएको प्रहरीको भनाइ छ।

प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुर र फरेन्सिक विज्ञलाई पनि घटनास्थलमा लगेको थियो । नजिकै रहेका क्लोज सर्किट (सीसी) टीभी क्यामराका फुटेजको विश्लेषण पनि प्रहरीले गरिरहेको छ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टमपछि मृत्युको समय र कारणबारे खुल्नेछ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *