पोखरामा प्याराग्लाइडिङ दुर्घटना एक जनाको मृत्यु

 ग्लोवल टि.भी.      सोमवार, मंसिर ८, २०७७      0

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दिउँसो १ः ४० बजे प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरा २८ का २९ वर्षीय राजु गैह्रै नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

हमालकाअनुसार गैह्रेको उपचारका क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा काठमाडौं बुढानीकण्ठकी २८ वर्षीया सिला श्रेष्ठ गम्भीर घाइते भएकी छन् । घाइते श्रेष्ठको अवस्था गम्भीर छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।

ल्याण्डिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना भएको हमालको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *