असार ३१ सम्म निषेधाज्ञा ,उपत्यकामा अब टेम्पो र माइक्रो बस पनि चल्ने

 ग्लोबल टिभि           0

काठमाडौं :  उपत्यकाभित्र निषेधाज्ञालाई जारी राखिएको छ।असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहेको प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।

जोरबिजोर प्रणाली पनि हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताएका छन । अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि सकिन्छ।

निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन। काठमाडौं उपत्यकामा अब टेम्पो र माइक्रो बस पनि चल्ने भएको छ । यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएकामा अब असार २२ देखि भने टेम्पो र माइक्रो बस पनि चल्ने भएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *