काठमाडौ कागेश्वरी मनाेहरा ५ मा गोठमाथि टिप्पर खस्दा दम्पत्तीको मृत्यु

 ग्लोबल टिभि           0
  1. काठमाडौकाे  कागेश्वरी मनोहरा नगरपालिका–५, मूलपानीमा गाेठमाथि  टिप्पर खस्दा दम्पत्तीको मृत्यु भएको छ । आइतबार बिहान गोठमाथि टिप्पर खस्दा दम्पत्तीको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार मूलपानी रहेको मुख्य सडकमा गुडिरहेको ट्रिपर अनियन्त्रित भएर तामाङ दम्पती सुतेको टहरामाथि खसेको थियो । सडकबाट ५० मिटर तल रहेको गोठमा टिपर खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भभएको हो ।

‘बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भएर खसेको थियो, चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवस्यक कारबाही प्रक्रिया अघि बढाएको बताएको छ।

पक्राउ परेका चालक काभ्रेबाट निर्माण सामग्री बोकेर आएका थिए । चालकले प्रहरीमा दिएको बयानअनुसार ‘स्टेरिङ लक’ भएर टिप्पर ओरालो सडकमा अनियन्त्रित भएर टहरामा पुगेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *