माथिल्लो तामाकोशीले भोलिदेखि उत्पादन गर्ने, प्रधानमन्त्रीले गर्नेछन् उद्घाटन

 ग्लोबल टिभि           0

काठमाडौँ : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । ४५६ मेगावाट क्षमताको आयोजनाले पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ ।

आयोजनाले आज मात्रै विद्युत् रहेको गोगरदेखि खिम्तीसम्मको ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सब– स्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *