काठमाण्डौं । कालिञ्चोक टेलिभिजन नेटवर्क प्रालिले निकट भबिष्यमा सञ्चालन गर्न लागेको ग्लोवल टेलिभिजनको अनलाइन संस्करण शुरु भएको छ । बडा दशैंको घटस्थापनाको शुभ साइत पारेर उक्त टेलिभिजनको अनलाइन संस्करण शुरु गरिएको ब्यवस्थापनले जनाएको छ । आम दर्शक, पाठक, श्रोताको चाहना एवं ध्यानमा राखेर अनलाइन र टेलिभिजनले सामग्री पस्कने उक्त नेटवर्कले जनाएको छ ।
टेलिभिजनको केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सह महामन्त्री, पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री एनपि सावदले उक्त अनलाईन संस्करणको उद्घाटन गरे ।
उक्त अवसरमा बोल्दै डा महतले ‘ निकट भविष्यमा प्रसारण हुन गैरहेको टेलिभिजन र आज शुभारम्भ भएको अनलाईनले दर्शक, पाठक र श्रोताको चाहना अनुसार समाचार सामग्री प्रसारण गर्ने’ बिश्वास ब्यक्त गरे ।
उनले सञ्चार माध्यम बिश्वसनिय, ब्यवसायिक हुनुपर्ने र लोकतान्त्रिक मुल्य मान्यतालाई आत्मसात गर्नुपर्नेमा पनि जोड दिए । उक्त अवसरमा नेपाली कांग्रेसका नेता पूर्व मन्त्री एन पि सावदले पनि पत्रकारिताको भीडमा यस टेलिभिजन र अनलाईनले पूर्ण ब्यवसायिकताका साथ अघि बढ्न सकोस भन्ने शुभेच्छा प्रकट गरे । कार्यक्रममा पूर्व पत्रकार, बेपत्ता पारिएकाहरुको छानबिन आयोगकि पूर्व सदस्य डा माधवी भट्टले पनि टेलिभिजनको सफलताको शुभकामना ब्यक्त गर्दे थप ब्यवसायिक बन्नुपर्नेमा जोड दिए ।
टेलिभिजनका अध्यक्ष सुरेश काफ्लेले पत्रकारिताको भीडमा संख्या थप्नका लागि मात्र टेलिभिजन ल्याउन नखोजेको भन्दै नेपालको टेलिभिजनका छुट्टै पहिचान बनाउने गरि तयारी थालिएको जानकारी दिए । उनले शुभ साइतका रुपमा घटस्थापनाका दिन अनलाइन सुरु गरिएको भन्दै यस्लाई अझै परिष्कृत गर्न धेरै काम गर्न बाँकी रहेको पनि जानकारी दिए । उक्त टेलिभिजनका निर्देशक एव प्रधान सम्पादक जीवन काफ्लेले परम्परागत धार भन्दा अलग दृष्टिकोण बोकेर टेलिभिजन प्रसारणमा ल्याउन लागिएको भन्दै मर्यादित पत्रकारिता र पूर्ण ब्यवसायिकता अगालिने प्रतिवद्धता ब्यक्त गरे
Leave a Reply