१ लाख ४६ हजार रुपैयाँसहित ७ जनालाई प्रहरीले पक्राउ

 ग्लोवल टि.भी.      मङ्लबार, मंसिर ९, २०७७      0

दाङ । जिल्लाको राप्ती गाउँपालिका–२ मा जुवा तास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय गोपाल खत्रीको घरमा सोही गाउँपालिकाका २१ वर्षीय यमबहादुर रानाले सञ्चालन गरेको राप्ती फृमिली रेष्टुराँ रकमको हारजित हुनेगरी तास खेलिरहेका उनीहरुलाई प्रहरीले सोमबार राती १ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्युठानको सरुमारानी गाउँपालिका–३ का ५० वर्षीय चुमानसिंह सुनार, ३५ वर्षीय अल्ली शाह, ४० वर्षीय अक्बर हुसेन मियाँ, ४४ वर्षीय कृष्णबहादुर राना पक्राउ परेका छन् ।

यस्तै दाङको राप्ती गाउँपालिका–२ का २१ वर्षीय यमबहादुर राना र ४२ वर्षीय रुपेश आले पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले विभिन्न दरका नेपाली नोट १ लाख ४६ हजार रुपैयाँ र जुवा खेल्न प्रयोग भएको १० गड्डी तास बरामद गरेको छ ।

तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङको विषेश टोलीले उनीहरुलाई पक्राउ गरेको र पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *