चितवनको राप्ती नगरपालिका ३ की २२ वर्षीय सुजिता भण्डारीको मृत्यु रहस्यमय बनेको छ। दश दिन अघि घरबाट बिहान निस्किएकी सुजिताको शव सामुदायीक वनमा भेटिएपछि घटना रहस्यमय बनेको छ।
युवती हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै स्थानीयले प्रहरीविरुद्ध नारावाजी गर्दै राजमार्ग बन्द गरेका छन् । राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् ।
भण्डारीको शव आइतबार दिउँसो धमिलीको जंगलमा फेला परेको थियो । साथीको घर जान भनी ११ गते बिहान घरबाट निस्केकी भण्डारीको शव सडेगलेको अवस्थामा भेटिएको थियो । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी दिएकी थिइन् । बेपत्ता भएको ९ दिनपछि जङ्गलमा च्याउ टिप्न गएका स्थानीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव गलेको अवस्थामा फेला परेको थियो । सुजिता भण्डारीको शव हुनसक्ने आशंका गरिएको छ । परिवारका सदस्यले भने कपडाको आधारमा सुजिताको नै शव भएको बताएका छन ।
सुजिता भण्डारीको शव आइतबार दिउँसो धमिलीको जंगलमा फेला परेको थियो । साथीको घर जान भनी ११ गते बिहान घरबाट निस्केकी भण्डारीको शव सडेगलेको अवस्थामा भेटिएको छ । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी दिएकी थिइन् । बेपत्ता भएको ९ दिनपछि जंगलमा च्याउ टिप्न गएका स्थानीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सामुदायिक वनमा शव फेला परेको जानकारी पाएपछि प्रहरीको टोली त्यसतर्फ गएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले राप्तीमा एक जना युवतीको शव फेला परेको तर पहिचान भइनसकेको बताए ।
अपहरण हुनसक्ने भन्दै परिवारले उजुरी दिएपछि उनको खोजि गरेको प्रहरीले बताएको थियो । इलाका प्रहरी कार्यालय इप्रका भण्डारा, इप्रका खैरहनी र केन्द्रिय अनुसन्धान व्यूरोको संयुक्त टोलीबाट अनुसन्धान भइरहेको बताइएपनि प्रहरीले अपहरण हो या होइन, कुनै एकिन गर्न सकेको छैन ।
Leave a Reply