पूर्व मन्त्री प्रभु साहविरुद्ध प्रहरीमा उजुरी

 ग्लोबल टिभि           0

नेकपा एमाले नेता एवं पूर्वमन्त्री प्रभु साहविरुद्ध प्रहरी वृत्त, बानेश्वरमा ठाडो उजुरी परेको छ ।विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नदिएको आरोपमा प्रहरीमा उजुरी परेको हो ।

बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार ३० लाख रकम लिएकोमा १० लाख फिर्ता गरेपनि बाँकी रकम फिर्ता नगरेको भन्दै पूर्व मन्त्री साहविरुद्ध उजुरी परेको हो ।

प्रहरीका अनुसार बाँसबारीकी दीपा कुँवर नाउँ गरेकी महिलाले निवेदन दिएकी हुन् । सामान्ययता प्रहरीले ठाडो उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गराउने गर्छ । तर, आरोपित साह भीआईपी भएकाले प्रहरीले पूर्वमन्त्रीलाई सोधपुछका लागि बोलाएको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *