काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै आजदेखि असारमसान्तसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।
आज उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर का प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने आदेश जारी गरेको हो । उक्त आदेश अनुसार काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा आजेदेखि जोर–बिजोर प्रणाली हटाइएको छ ।
आजदेखि सवैखाले सवारी साधन स्वास्थ्य मापदण्ड अपनाएर संचालित हुने छन् । निश्चित सिट सख्या तोकेर माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न दिइएको छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।
विद्यालय संचालन , गोष्ठी सभा तथा सम्मेलन गर्न पनि रोक लगाइएको छ। बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री ढुवानी गर्न पाइनेछ ।
Leave a Reply