नारायणगढ–मुग्लिङ सडक खण्ड अझै खुलेन , अत्यावश्यक गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

 ग्लोवल टि.भी.      मङ्लबार, असार २२, २०७८      0

नारायणगढ–मुग्लिङ सडक अझै खुलेको छैन । निरन्तर पहिरो खसेकाले बन्द सडक खुलाउन समस्या भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।

लगातारको पानीले पहिरो जाँदा चार–पाँच दिनयता सडक खुल्ने र लगत्तै बन्द हुने गरेको छ । निरन्तरको पानीले सडक खण्डको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार अहिले पहिरो हटाउन चारवटा मेसिन र प्राविधिकहरु खटिएका छन् । दिउँसोसम्म पहिरो पन्छाएर सडक खुलाउने गरी प्रयास भइरहेको उनकोभनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अत्यावश्यक गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । काठमाण्डौ आउने मुख्य सडक बन्द हुँदा दर्जनौँ गाडी र यात्रुबीच बाटोमै रोकिएका छन् ।

नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा सडक बन्द छन् । बन्द सडक र राजमार्ग खुलाउने प्रयास गरिरहेको सडक विभागले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *