ग्लोबल टिभि
0
धारिलो हतियार प्रयोग गरी हत्या गर्ने तीन जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटले हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोमलाल गोपाली, मनोजदोङ तामाङ र साहिल गोपलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार यस समूहले यही असार २० गते राति २१ बजे धारिलो हतियार प्रयोग गरी जितेन्द्र साहको हत्या गरेका थिए ।
महोत्तरी जलेश्वर २ स्थायी घर भइ काठमाडौको चन्द्रागिरी नगरमा बस्दै आएका साहको हत्या गरिएको थियो । काठमाडौ जिल्ला चन्द्रागिरी नगरपालिका ३ घर भएका सोमलाल गोपालीको योजनामा हत्या गरिएको प्रहरी भनाइ छ ।
घटनामा संलग्नहरुको विषयमा थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।
Post Views: 1,134
Leave a Reply