वन्यजन्तुको छालासहित ४ जना चिनियाँ पक्राउ

 ग्लोबल टिभि           0

प्रहरीले ४ जना चिनियाँ गिरोहलाई पक्राउ गरेको छ । दुर्लभ वन्यजन्तुको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले काठमाडौंको ज्‍याठा क्वाबाहालबाट चारजना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्‍नेतले बताए ।

प्रहरी उपरीक्षक बस्नेतका अनुसार पक्राउ पर्नेमा चीनको युनान प्रान्त घर भइ काठमाशडौं महानगरपालिका –३ बालुवाटर बस्‍दै आएका ३१ वर्षीय झाओ पेनुचेङ, चीनको हुबेइ प्रान्त घर भइ काठमाडौं महानगरपालिका –१७ ठैटी बस्दै आएका ३४ वर्षीय मा जिङबिन, चीनको हेनान प्रान्त घर भइ काठमाडौं महानगरपालिका–१७ ठैटी बस्‍दै आएका ३१ वर्षीय निउ युलियाङ र चीनको जुवाङदोञ्ज प्रान्त घर भइ काठमाडौं महानगरपालिका १७ ठैटी बस्‍दै आएका २८ वर्षीय पेङ्ग हुइ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले दुर्लभ वन्यजन्तुको छाला ,कस्तुरीको विना, बुद्वचित्र, रुद्वाक्ष,बाघको दाँत र फलामको धारिलो खुकुरी ,तरबार लगाएत बरामद गरेको प्रहरी उपरीक्षक बस्‍नेतले बताए ।

पक्राउ परेका उनीहरुमाथि लैनचौर प्रहरी वृतले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *