चितवनको राप्ती नगरपालिका–३ मा मृत भेटिएकी सुजिता भण्डारीको मोबाइल प्रहरीले बरामद गरेको छ । मंगलबार घटनास्थलबाट केहिपर मोबाइल पनि भेटिएको प्रहरीले बताएको छ।सोमबार ब्याट्री भेटिए पनि मोबाइल भेटिएको थिएन ।
मोबाइलमा भएका सामग्रीको प्राविधिक विश्लेषण गर्ने तयारी प्रहरीले गरेको छ । चितवन प्रहरीका अनुसार का एक अधिकृत भन्छन्, ‘मोबाइलको परीक्षणका लागि प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक प्रयोगशालामा पठाउने तयारी गरिएको छ ।
ब्रह्म्स्थानी सामुदायिक वनमा आइतबार दिउँसो उनको शव भेटिएको थियो । प्रारम्भमा उनी अपहरणमा परेको आशंका गरिए पनि घटनास्थलमा विष भेटिएपछि अपरहणलाई पुष्टि गर्ने आधार नभेटिएको प्रहरी भनाइ छ ।
चितवन जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको बताएका छन् । भण्डारीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारणबारे खुल्ने प्रहरीले बताएको छ ।
Leave a Reply