हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
यसैबीच, काठमाडौंमा १२ बजेपछि वर्षा हुने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताएका छन् । काठमाडौंमा आज अधिकतम तापक्रम २७–२९ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् अर्यालले बताए ।
Leave a Reply