चितवन राप्ती नगरपालिकामा आज पनि कफ्यू जारी छ ।चितवन र मकवानपुरको सिमाना पर्ने राप्ती–१ लोथर पुलदेखि राप्ती नगरपालिका–४ डडुवासम्मको पिप्ले राजमार्ग क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर पूर्वी चितवन पिप्लेका स्थानीयले सडक प्रदर्शन बढाउँदै लगेपछि चितवन जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ साढे ७ बजेदेखि २४ घण्टासम्म कर्फ्यु आदेश जारी गरेको हो । स्थानीय प्रशासनले कफ्यू जारी राखेपछि सडकमा प्रहरीको बाक्लो उपस्थिति छ ।
अपृय घटना हुन सक्ने भन्दै स्थानीय प्रशासनले कफ्यू लगाएको हो । कफ्यू जारीपछि सडक शान्त रहेको छ। सडकमा लामो दुरीका सवारीबाहेक केही चल्न नपाउने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा उल्लेख छ ।
पूर्वी चितवन पिप्लेका स्थानीयले सुजिता भण्डारी मृत्यु घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गर्न माग गर्दै मंगलबार टायर बालेर प्रदर्शन गरेका थिए । असार ११ गते बिहान घरबाट निस्केकी २३ वर्षीय सुजिताको शव आइतबार साँझ घरदेखि उत्तरको जंगलमा भेटिएको थियो ।
Leave a Reply