एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ८०० रूपैयाँले घट्यो

 ग्लोवल टि.भी.      मङ्लबार, मंसिर ९, २०७७      0

काठमाडौं ।  हिजो सोमबार स्थिर रहेको सुनको मूल्यमा आज मंगलबार एकैदिन १ हजार ८०० रुपैयाँले कमी आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ९२ हजार ५०० रूपैयाँ निर्धारण गरिएको छ । यसअघि आइतबार र सोमबार छापावाल सुनको मूल्य ९४ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज तेजाबी सुनको मूल्य तोलाको ९२ हजार रूपैयाँ कायम भएको छ । हिजो तेजाबी सुनको मूल्य ९३ हजार ८०० रूपैयाँ थियो ।

महासंघले चाँदीको मूल्य आजका लागि प्रतितोला १ हजार १८० रुपैयाँ तोकेको छ। हिजो चाँदीको मूल्य १ हजार २१० कायम भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *