आज यी नदीमा बाढी आउने संभावना

 ग्लोबल टिभि           0

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट वर्षा गराउने न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको छ । विभागका अनुसार यसले पूर्वदेखि पश्चिमसम्म भारी वर्षा गराउन सक्ने अनुमान गरिएको छ ।

वर्षाका कारण आज कोशीका सहायक नदीहरु सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर लगायतमा बहाव केही बढ्नेछ ।

त्यस्तै नारायणी र यसका सहायक नदीहरु विशेषगरी त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, बागमती, पुर्वी राप्ती, तिनाउ लगायतमा बहाब उल्लेख्य बढी केहीमा सतर्कता तह पार गर्नेछ ।

बाढीका कारण तटीय क्षेत्रमा क्षति पुग्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *