पर्वतमा खहरे खोलामा आएको बाढीले सवारीसहित बगाउँदा दुई जना बेपत्ता भएका छन् ।मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनी लामा कन्सट्रक्सनका इन्जिनियर र चालक बेपत्ता भएको प्रहरीले बताएको छ।
राति १० बजेतिर आएको बाढीले बगाउँदा बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्ग आयोजनाका साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारु रहेका छन् ।
कुश्मा नगरपालिका ८ दोबिल्लाको खहरे खोलाको बाढीले बगाएर बेपत्ता भएको सवारी मोदी खोलामा भेटिएको छ । ‘तर, खोलाको बहाव एकदमै ठूलो भएकाले निकाल्नै नसकिएको स्थानीय प्रशासनले बताएको छ।
पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार बाढीले सोही स्थानकै चार वटा टहरा र मध्यपहाडी लोकमार्ग निर्माण कम्पनीकै दुई वटा मोटरसाइकल र एउटा स्कुटर पनि बगाएको छ। बाढीपहिरोले अहिले बाटो पूरै बन्द भएकोले संचालनमा ल्याउन नसिकएको पनि प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन् ।
Leave a Reply