म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ खहरेमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ ।
खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बवनालाई बेपत्ता बनाएको थियो ।घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले बगाएर बेपत्ता बनाएका दुबैको शव फेला परेको बताए ।
इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, मंगला र मालिका गाउँपालिकाका जनप्रतिनिधी र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको व्वस्थापनमा परिचालन भएका छन् ।
खहरेखोलाको बाढी पसेर मंगला गाउँपालिकाको छिसवाङ खरहेका अन्य घरहरुमा पनि क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको विवरण संकलन, बेपत्ताको खोजी र जोखिमका घरधुरी व्यवस्थापनमा जुटेको बताए ।
Leave a Reply