नेपाल एयरलाइन्सको विमान कोरोनाविरुद्धको खोप लिन आज नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ।
नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनबाट कोरोना भाइरसविरुद्धको थप १० लाख खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जान लागेको जानकारी दिए। नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जाने बताए। सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो। उनका अनुसार आज साँझ निगमको विमान खोप लिनका लागि चीन लागेको बताए। जहाजले भोलि गते खोप ल्याउने छ।
यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ। “तीन पटक जहाज खोप लिनका लागि चीन जाने छ। परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने एकिन छैन।”
उनले पहिलो पटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको एकिन थाहा हुने बताए। चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो।
Leave a Reply