पहिरोले १३ राष्ट्रिय राजमार्ग अवरुद्ध, ५६ वटा एकतर्फी सञ्चालनमा

 ग्लोबल टिभि           0

अविरल वर्षापछि अधिकांश जिल्लाको जनजीवन प्रभावित बनेको छ। वर्षाका कारण आएको बाढी र पहिरोले कतिपय स्थानमा धनजनको क्षति भएको छ।

बाढी तथा पहिरोका कारण राजमार्गहरु बन्द हुँदा यात्रुहरु अलपत्र परेका छन्। सडक विभागका अनुसार बिहीबार विहान साढे १० बजेसम्म देशभरका १३ राष्ट्रिय राजमार्ग अवरुद्ध रहेका छन्। त्यस्तै ५६ राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्। विभागका अनुसार दुबै तर्फ सुचारु रहेका राजमार्गको संख्या ३५ रहेको छ। राजमार्गहरु पहिरोले अवरुद्ध बन्दा सवारीको लाम लागेको छ।

वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *