ग्लोबल टिभि
बिहिबार, असार २४, २०७८
0
धनगढी : दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ ।
नौगाढ गाउँपालिका ३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको छ । सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको हो । तीनै जनाको शव पहिरोबाट निकालिएको छ ।
नौगाढ गाउँपालिका(३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ । स्थानीयको सहयोगमा अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।
Post Views: 1,088
Leave a Reply