ग्लोबल टिभि
0
दोलखा। जिल्लाकै प्रसिद्ध मन्दिर भिमेश्वर मन्दिरको शिलामा मंगलबार १ बजेर ४३ मिनेटबाट पसिना आएको छ ।
शिलामा लगातार पसिना आएको स्थानीय बासिले बताएका छन । मन्दिरको शिलामा पसिना आएपछि देशमा अशुभ घटना हुन सक्ने जनविश्वास छ ।
स्थानीय बासिका अनुसार शिलाको दाहिने भागमा पसिना आउँदा राजखानदान वा सरकारलाई अशुभ हुने र देब्रे भागमा पसिना आउँदा जनातालाई अशुभ हुने जनविश्वास छ ।
शिलामा पसिना आएपछि यतिबेला मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।
Post Views: 1,272
Leave a Reply