ग्लोबल टिभि
शुक्रबार, असार २५, २०७८
0
अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोल पम्प अगाडि आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको बा ९३प ९६५२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बाँयापट्टिको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
Post Views: 665
Leave a Reply