ग्लोबल टिभि
0
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा सहकुल थापालाई र सचिवमा कृष्णहरि पुष्करलाई बढुवा गर्ने निर्यण गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पुष्करलाई सचिव र डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
यहि असार १४ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डीआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको थियो ।
केहि दिनअघि बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा एक एआईजीको दरबन्दी थप गरेको थियो । नेपाल प्रहरीमा अब एआईजीको संख्या पाँच हुने भएको छ ।
Post Views: 1,085
Leave a Reply