अमेरिकाले नेपाललाई १५ लाख खोप उपलव्ध गराउने

 ग्लोबल टिभि           0

अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने खोप उपलब्ध गराउने भएको छ।अमेरिकाले अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित जेन्सेन खोप सहयोग गर्न लागेको हो। यो खोप एक मात्रा (डोज) लगाए पुग्छ ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमा संक्षिप्त जानकारी दिँदै केही दिनमा कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका हुन्। राजदूत बेरीले नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा आफ्ना लागि अन्त्यन्तै खुसीको क्षण भएको उल्लेख गरेका छन्। ‘अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहने छ’, उनले उल्लेख गरेका छन्। उक्त खोप नेपालमा कहिले आइपुग्छ भन्नेबारे यकिन भइनसकेको अमेरिकी दूतावासले जनाएको छ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोगका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन्।  अमेरिकाले यसअघि नेपालसहित विश्वका विभिन्न मुलुकलाई गत महिनाभित्रै खोप सहयोग गर्ने वाचा गरेको थियो। तर, नेपालले अमेरिकाले वाचा गरेको खोप हालसम्म प्राप्त गरेको छैन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *