भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

 ग्लोबल टिभि      शनिबार, असार २६, २०७८      0

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखा अनुसार आज पनि देशभर वर्षातको सम्भावना छ ।देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्य देखि पूर्ण बदली छ । प्रदेश १, बागमती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेकोले थप भारी वर्षा हुन सक्ने महाशाखाले बताइको छ।
महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।यस्तै प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

मौसम बुलेटिन जारी गर्दै महाशाखाले नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *