दुबईमा दलालले अलपत्र पारेका युवाहरु स्वदेश फर्कदै

 ग्लोबल टिभि           0

गएको अप्रिलदेखि दुबइमा अलपत्र पारिएका युवाहरु स्वदेश फर्कने भएका छन् । केही ट्राभल एजेन्सी र दलालहरुको सेटिङमा अलपत्र पारिएका १३ जना युवाहरु यही जुलाई २० र २२ तारिखमा स्वदेश फर्कन लागेका हुन् ।

दुबइको अलकरमा तीन महिनादेखि दलालको फन्दामा परेका युवाहरुको दर्दनाक अवस्थाको विषयमा ग्लोबल टेभिभिजनले कार्यक्रम निगरानीमा समाचार प्रशारण गरेको थियो । रोल्पा रुकुम, डोल्पा, जाजरकोट लगायतका युवाहरु ट्राभल एजेन्सी र त्यसका एजेन्टहरुको प्रलोभनमा परेर दुबई पुराइएका थिए ।

मासिक २२ सय दिरामसम्मको कमाइ हुने भन्दै प्रति युवाबाट ३ लाखको दरले दलालहरुले पैसा असुलेका थिए । तीन महिनादेखि बन्धक जस्तै बनाइएका उनीहरु उद्दारको लागि याचना गर्दै आएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *