ग्लोबल टिभि
सोमवार, असार २८, २०७८
0
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ ।
Post Views: 984
Leave a Reply