पहिरोले पाल्पास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध

 ग्लोबल टिभि           0

शनिबार रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले पाल्पास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।

तिनाउ गाउँपालिका–२ दोभानस्थित सिद्धबाबा मन्दिर नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। यस्तै, बगनासकाली गाउँपालिकाको राम्दी नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ।

राजमार्ग अवरुद्ध भएपछि सवारी साधन बीच बाटोमै रोकिएका छन्। टाढा टाढा पुग्ने यात्रु बीचबाटोमा अलपत्र परेका छन्। पहिरो पन्छाउने काम भइरहेको त्वातीले बताए। वर्षा निरन्तर भइरहेका कारण रामाजर्ग सुचारु हुन केही समय लाग्ने उनले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *