ग्लोबल टिभि
0
नेपालगञ्ज उपमहानगरपालिका-१ पुष्पलाल चोकबाट संरक्षित रेडपाण्डाको छाला एक थान र चारवटा भालुको पित्तसहित तीनजना पक्राउ परेका छन्। उनीहरुलाई स्थित राप्ती गेष्ट हाउसबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा दाङको घोराही उपमहानगरपालिका-४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका-१ का २९ वर्षीय रोबिन बुढा रहेका छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
Post Views: 1,398
Leave a Reply