गाडिएको अवस्थामा सुजिताको शव भेटियो

 ग्लोबल टिभि      आइतवार, असार २७, २०७८      0

एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी सुजिता ठाकूरको शव गाडिएको अवस्थामा प्रहरीले फेला पारेको छ । महोत्तरी लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् ।

सुजिताको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डोमा गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले जानकारी दिए ।

सुजिताको शव गाडिएको विशेष सूचनाको आधारमा फेला परेपछि थप अनुसन्धान शुरु गरिएको डीआईजी रञ्जितकारले बताए ।सुजिताको हत्या आशंकामा प्रहरीले यही असार १३ मा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *