ग्लोबल टिभि
0
अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप आज बिहान नेपाल आइपुग्दै छ। कोभिड( १९ विरुद्धको जे एन्ड जे भ्याक्सिन बिहान ११ बजे कतार एयरवेजको नियमित उडानबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने भएको हो।
अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप निःशुल्क प्रदान गरेको हो। यो खोप ब्रसेल्सबाट ल्याउन लागिएको हो। अमेरिकाबाट प्राप्त भएको खोप कस्ता नागरिकलाई प्रदान गर्ने भन्ने निर्णय भने सरकारले अहिलेसम्म गर्न सकेको छैन।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलले भने छुटेका र जोखिमयुक्त समूहका नागरिकलाई प्राथमिकतामा राखेर यो खोप लगाउने तयारी भइरहेको जानकारी दिएका छन्। स्रोतका अनुसार जोनसन एण्ड जोनसन खोप शिक्षक र कर्मचारीलाई प्राथमिकतामा राखेर लगाउने तयारी भइरहेको छ। यो खोप एक डोज मात्रै लगाउँदा पुग्छ।
Post Views: 1,095
Leave a Reply