जोन्सनको १५ लाख डोज खोप काठमाडौं आइपुग्यो

 ग्लोबल टिभि           0

अमेरिकाले नेपाललाई दिन लागेको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ।

अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप लिएर कतार एयरको जहाज केही बेर अघि काठमाडौं आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देव चन्द्रलाल कर्णले जानकारी दिए।

आज आएको खोप अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको यो खोप एक मात्रा लगाए पुग्ने भनिएको छ। जोन्सन एण्ड जोन्स खोप कुन उमेर समूहका लाई दिनेबारे मन्त्रालयले निर्णय गरिसकेको छैन। यो खोप एक मात्रा मात्र लगाए हुने विज्ञहरुले बताएकाछन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *